कोरोनाबाट एक लाख आठ हजार बढीको मृत्यु
काठमाडौं , ३० चैत । गत वर्षको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोनाका कारण विश्वभर एक लाख आठ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाबाट संक्रमित करिव १७ लाख ७८ हजार बिरामीमध्ये चार लाख दुई हजा जना भन्दा बढी उपचारपछि घर फर्किएको बताइएको छ ।
यसैबीच, जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा २० हजार पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । यसअघि इटालीमा मृतकको संख्या उच्च रहेपनि पछिल्लो एक दिनमै अमेरिकामा दुई हजार जनाको मृत्यु भएको बताइएको छ । अमेरिकारको सबैभन्दा बढी प्रभावित रहेको न्युयोर्क शहरका गभर्नर इन्ड्रयू कुमोले मृतकको संख्या स्थिर रहेको दावी गरेका छन् । विगतका दिनको अनुपातमा न्युयोर्कमा मृत्यु दर स्थिर रहेको उनको दावी छ । अमेरिकाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण र मृतकको संख्या बढ्दै गएपछि मास्क उत्पादन बढाउने भएको छ । अमेरिकी सरकारले रक्षा ऐनअन्र्तगत मास्क उत्पादनको प्रक्रिया सुरु भइसकेको जनाएको छ । एक दुई दिनमै माग अनुसार नै मास्क उत्पादन हुने बताइएको छ ।