कोरोनाका कारण एक लाख ३४ हजार जनाको मृत्यु

२०७७ बैशाख ४ गते, बिहीबार

काठमाडौं , ४ बैशाख । कोरोना भाइरसका कारण विश्वर मृत्यु हुनेको संख्या एक लाख ३४ हजार पाँच सयको हाराहारीमा पुगेको छ । २० लाख ८१ हजार प्रभावितमध्ये करिव ५ लाख १० हजार जना उपचारपछि घर फर्किएका छन् । हालसम्म अमेरिकामा सबैभन्दा बढी २८ हजार पाँच सय मानिसको मृत्यु भएको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारीको कारण विश्वका अधिकांश देश प्रभावित भएका छन् । भारइरसको महामारी नियन्त्रणका लागि लकडाउन गर्नुका साथै सावधानीहरु अपनाइएका छन् ।
यसैबीच, जर्मन सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लागि लगाइएको लकडाउन बिस्तारै खुकुलो बनाउने जनाएको छ । जर्मन चान्स्लर एन्जेला मार्केलले आगामी मे महिनाभर सामाजिक दूरी कायम गर्न आग्रह गर्दै लकडाउनलाई केही खुकुलो बनाउने बताएकी हुन । उनले सार्वजनिक स्थलमा सावधानी अपनाएर हिडडुल गर्न दिएपनि अत्यावश्वक बाहेक अन्य काममा सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको बताइन । कोरोना भाइरस नियन्त्रणका लागि आफूहरुले सफलता हात पारेको भन्दै चान्सलर मार्केलले अझै केही दिन सुरक्षित रुपमा बस्न आफ्ना नागरिकलाई आग्रह गरिन । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु