कोरोनाका कारण एक लाख ४४ हजार मृत्यु , २१ लाख ५१ हजार भन्दा धेरै संक्रमित
काठमाडौँ , ५ बैशाख । कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या एक लाख ४४ हजार नाघेको छ भने २१ लाख ५१ हजार भन्दा धेरै संक्रमित भएका छन । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अहिले सम्म कुल मृतकको संख्या एक लाख ४४ हजार भन्दा बढी भएको छ । त्यसै गरी संक्रमितको संख्या २१ लाख ५१ हजार भन्दा बढी पुगेको छ ।
कोरोनाबाट सबै भन्दा बढी खराब स्थितिमा अमेरीका पुगेको छ । अमेरीकामा मात्रै मृतकको संख्या ३२ हजार नाघेको छ भने संक्रमितको संख्या ६ लाख ६७ हजार भन्दा माथि छ ।
त्यस पछि धेरै मृत्यु हुनेमा ईटाली रहेको छ । त्याहाँ २२ हजार एक सय ७० को मृत्यु भएको छ भने एक लाख ६८ हजार बढी संक्रमित छन् ।
त्यस पछि विश्वकै संक्रमणका हिशाबले अमेरीका पछि दोस्रो स्थानमा रहेको स्पेनमा मृत्युका हिशाबले तेस्रो स्थानमा छ । त्याहाँ कुल १९ हजार ३ सय १५ को मृत्यु भएको छ भने एक लाख ८४ हजार बढी संक्रमित छन् ।
त्यस पछि फ्रान्समा करीब १८ हजारको मृत्यु भएको छ भने एक लाख ४७ हजार भन्दा धेरै संक्रमित छन् ।
त्यसै गरी बेलायतमा कोरोनाको संक्रमण र मृत्यु बढीरहेको छ । त्यहाँ १३ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ भने एक लाख ४ हजार बढी संक्रमित छन् ।
जर्मननीमा पनि मृतकको संख्या बढ्न थालेर ४ हजार नाघेको छ । त्याहाँ एक लाख ३७ हजार ७ सय संक्रमित छन् ।
ईरानमा संक्रमितको संख्या ७८ हजार पुगेको छ भने ४८ सय ६९ जनाको मृत्यु भएको छ ।
यस्तै टर्कीमा १६ सय ४३ जनाको मृत्यु भएको छ भने ७४ हजार बढी संक्रमित छन् ।
बेल्जियममा मृतकको संख्या ४८ सय नाघेको छ भने संक्रमित ३४ हजार ८ सय ९ पुगेको छ ।
नेदरल्याण्डमा २९ हजार बढी संक्रमित भएका छन् भने ३३ सय बढीको मृत्यु भएको छ ।
रुसमा २७ हजार ९ सय ३८ संक्रमित पुगेका छन् भने २ सय ३२ जनाको मृत्यु भएको छ ।
यता भारतमा १३ हजार बढी संक्रमित भएका छन् भने मृतकको संख्या ४ सय ५२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या ७ हजार पार गरेको छ भने मृतकको संख्या एक सय ३४ पुगेको छ ।- एजेन्सी