कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, करिब साढे २२ लाख व्यक्ति संक्रिमत

२०७७ बैशाख ६ गते, शनिबार

काठमाडौँ , ६ बैशाख । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण एक लाख ५४ हजार भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या एकै दिन ८० हजार भन्दा धेरै भएर कुल २२ लाख ३५ हजार पुगेको छ ।
कोरोनाबाट सबै भन्दा बढी खराब स्थितिमा अमेरीका रहेको छ । अमेरीकामा मात्रै मृतकको ३६ हजार ७ सय २७ पुगेको छ भने संक्रमितको संख्या सात लाख पुगेको छ । अमेरीकामा संक्रमितको संख्या एकै दिन ३३ हजार भन्दा बढी भएको छ ।
त्यस पछि धेरै मृत्यु हुनेमा ईटाली रहेको छ । त्याहाँ पछिल्ला दिनहरुमा मृत्यु संख्यामा केही कमी आएको छ । त्यहाँ २२ हजार ७ सय ४५ पुगेको छ भने संक्रमित एकै दिन ६ हजार थपिएर एक लाख ७४ हजार ४ सय नाघेको छ ।
त्यस पछि विश्वकै संक्रमणका हिशाबले अमेरीका पछि दोस्रो स्थानमा रहेको स्पेनमा पनि मृत्युदरमा भने केही कमी आएको छ । त्याहाँ मृतकको संख्या १९ हजार ६ सय ३१ पुगेको छ भने एकै दिनमा ४ हजार संक्रमित थपिएर एक लाख ८८ हजार पार भएको छ ।
त्यस पछि फ्रान्समा १८ हजार ७ सय ३ जनाको मृत्यु भएको छ भने एक लाख ४७ हजार भन्दा धेरै संक्रमित छन् ।
त्यसै गरी बेलायतमा कोरोनाको संक्रमण र मृत्यु बढीरहेको छ । त्यहाँ एकै दिन ९ सय बढीको मृत्यु भएको छ । योसगैँ मृतकको संख्या १४ हजार ६ सय नाघेको छ भने एकै दिन ५ हजार संक्रमित थपिएर एक लाख ९ हजार पुगेको छ ।
जर्मननीमा पनि मृतकको संख्या ४४ सय नाघेको छ भने संकमित एक लाख ४० हजार ८ सय बढी संक्रमित छन् ।
ईरानमा संक्रमित बृद्धिमा केही कमी आएको छ । त्याहाँ एक दिनमा करीब एक हजार मात्र संक्रमित थपिएर ७९ हजार पुगेको छ भने मृतकको संख्या ५ हजार नजिक पुगेको छ ।
यस्तै टर्कीमा १७ सय ६९ जनाको मृत्यु भएको छ भने ७८ हजार ५ सय ४६ बढी संक्रमित छन् ।
बेल्जियममा मृतकको संख्या ५१ सय नाघेको छ भने संक्रमित ३६ हजार नाघेको छ ।
त्यस पछि ब्राजिलमा मृतकको संख्या २१ सय नाघेको छ भने संक्रमित ३३ हजार ६ सय भन्दा बढी छ । त्याहाँ कोरोना नियन्त्रण सम्बन्धि विवाद भए पछि राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई नै बर्खास्त गरेका छन् ।
क्यानडामा मृतकको संख्या १३ सय ५५ पुगेको छ भने संक्रमित ३२ हजार ५ सय भन्दा बढी छ ।
नेदरल्याण्डमा ३४ सय बढीको मृत्यु भएको छ भने ३० हजार ६ सय १९ संक्रमित छन् ।
रुसमा एकै दिन ३ हजार संक्रमित थपिएर ३० हजार पुगेको छ भने २ सय ७३ जनाको मृत्यु भएको छ ।
उता पोर्चुगलमा १९ हजार बढी संक्रमित छन् भने ६ सय ५७ जनाको मृत्यु भएको छ ।
यता भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित भएका छन् भने मृतकको संख्या ४ सय ८६ पुगेको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको बृद्धि दरमा केही कमी आएको छ त्यहाँ एक दिनमा ४ सय संक्रमित थपिएर ७ हजार ४ सय पुगेको छ भने एकै दिनमा ९ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या एक सय ४३ पुगेको छ ।
यसैबीच कोरोना फैलिन शुरु भएको चीनको वुहान शहरमा मृत्यु हुनेको आकंडा पहिले भनिएको भन्दा ५० प्रतिशत बढी रहेको चीनको स्वास्थ्य विभागले सार्वजनिक गरेको छ । पहिला अस्पतालमा मृत्यु भएकाहरुको मात्रै डाटा भएकाले त्यस भन्दा बाहिर मृत्यु भएकाहरु जोड्दा १२ सय ९० जना बढी मृत्यु भएको वुहानका अधिकारीहरुले जनाएका छन् । यो सगैँ चीनको वुहानमा मात्रै मृत्यु हुनेको संख्या ३८ सय ६९ भएको छ । यस अघि २५ सय बढीको मृत्यु भएको आधीकारीक आकंडा दिईएको थियो । यो सगँै चीनमा कुल मृत्युको संख्या बढेर ४६ सय नाघेको छ भने संक्रमितको संख्याको आकंडा पनि ८४ हजार माथि पुगेको छ ।
यसलाई अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अदृष्य शत्रुबाट मृत्यु हुनेको संख्या बढेको सार्वजनिक गरेको भन्दै त्याहाँ अझ धेरै , अमेरीकामा भन्दा बढी मृत्यु हुन सक्ने दावी गरेका छन् ।
ट्वीटरमा उनले त्यस्तो लेखे पछि किन खुसी भएको भनेर मानिसहरुले प्रतिकृयाहरु दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु