काेराेना संक्रमितकाे संख्या २३ लाख नाघ्याे !
काठमाडौं, ७ वैशाख । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या २३ लाख ३० हजार ९२१ पुगेकाे छ भने १ लाख ६० हजार ७५५ जनाले ज्यान गुमाएका छन् । पछिल्लाे २४ घण्टाभित्र मात्रै ८० हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ लाख ९६ हजार ५०४ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले १५ लाख ७३ हजार ६६२ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ५५ हजार २६५ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ७ लाख ३८ हजार बढी रहेकाे छ । शनिबार मात्रै अमेरिकामा २९ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६८ हजार २६९ जना भने पूर्णरूपमा निकाे भएका छन् ।
काेराेनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । काेराेनाका कारण अहिलेसम्म अमेरिकामा ३९ हजार बढीकाे मृत्यु भइसकेकाे छ । त्यहाँ शनिबार मात्रै १ हजार ८६७ काे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । अमेरिकामा अहिले ६ लाख ३१ हजार ५०९ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १३ हजार ५५५ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।