कोरोनाबाट १ लाख ९० हजारको मृत्यु
काठमाडौँ , १२ बैशाख । कोरोनाकोरोनाका कारण १ लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । संसारभर कोराना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख १८ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने अमेरिका र त्यसपछि शीर्ष पाँच देशमा क्रमशः इटाली २५ हजार ५ सयभन्दा बढी, स्पेन २२ हजारभन्दा बढी, फ्रान्स २१ हजार ८ सयभन्दा बढी, बेलायत १८ हजार ७ सयभन्दा बढी रहेका छन् । यी सबै देशमा मृत्यु हुनेको आंकडा दश हजार नाघेको हो ।