काेराेनाबाट १ लाख ९७ हजार ७४ जनाको मृत्यु ,२८ लाख २७ हजार ८१६ संक्रमित
काठमाडाैं, १३ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ७४ पुगेको छ । संक्रमण हुनेको संख्या भने २८ लाख २७ हजार ८१६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने एक लाख बढी नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको थियाे । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ थियाे । सङ्क्रमितमध्ये ७ लाख ९८ हजार ३६३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १८ लाख ३२ हजार ३७९ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार ५३१ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ५२ हजार १६८ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३४ जनाकाे मत्यु भएको छ भने ३७ हजार ७९५ जना नयाँ संक्रमित भेटिएका छन् ।अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ९ लाख २४ हजार २३७ पुगेको छ । तीमध्ये एक लाख १० हजार ४३२ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ७ लाख ६३ हजार ३७१ सय बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजारकाे अवस्था गम्भीर रहेको छ ।
कोरोनाको उद्गम स्थल चीन भने अहिले ९१५ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा २५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८०४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।