कोरोनाबाट २ लाख ३ हजार २५५ जनाको मृत्यु
काठमाडाैं, १४ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २५५ पुगेको छ । संक्रमण हुनेको संख्या भने २९ लाख २० हजार ३७८ पुगेको छ । सङ्क्रमितमध्ये ८ लाख ३६ हजार ६७९ जना भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.१२ गुणा बढी रहेकाे छ । याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये २८.६४ प्रतिशत निकाे भएकाे छ भने ६.९५ प्रतिशत मृत्यु भएकाे छ ।
पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ६ हजार बढीले ज्यान गुमाएका छन् भने झण्डै एक लाख नयाँ काेराेना संक्रमित थपिएका छन् । शनिबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ७४ थियाे भने संक्रमण हुनेको संख्या भने २८ लाख २७ हजार ८१६ थियाे ।
अहिले १८ लाख ८० हजार ८०४ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार २०२ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ५४ हजार २५६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार बढीकाे मत्यु भएको छ भने ३५ हजार बढी जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ९ लाख ६० हजार ६५१ पुगेको छ । तीमध्ये एक लाख १८ हजार १६२ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ७ लाख ८८ हजार २३३ बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार ११० काे अवस्था गम्भीर रहेको छ ।