कोरोनावात २ लाख ६ हजार ९ सय जनाको मृत्यु , २९ लाख ९४ हजार ३५२ संक्रमित

२०७७ बैशाख १५ गते, सोमबार

काठमाडौं, १५ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ६ हजार ९६९ पुगेकाे छ भने संक्रमितकाे संख्या २९ लाख ९४ हजार ३५२ पुगेकाे छ । सङ्क्रमितमध्ये ८ लाख ७८ हजार ७०१ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १९ लाख ८ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५७ हजार ६ सयकाे अवस्था भने गम्भीर रहेको छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ५५ हजार ४१३ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १५७ जनाकाे मत्यु भएको छ भने साढे २६ नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा संक्रमितकाे संख्या ९ लाख ८७ हजार १६० पुगेको छ । तीमध्ये एक लाख १८ हजार ७८१ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ८ लाख १२ हजार ९६६ बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजारकाे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २६ हजार ६४४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९७ हजार ६७५ जना कोरोनाबाट संक्रमित भएका छन् । आइतबार मात्रै इटालीमा साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् भने २६० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ हजार ९२८ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १ लाख ६ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने २ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख २६ हजार ६२९ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २३ हजार १९० ले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा २८८ जनाको मृत्यु भएकाे छ भने साढे २ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये १ लाख १७ हजार ७२७ पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ८५ हजार ७१२ बढी कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ७ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स, बेलायत, टर्की र इरान पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६२ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २२ हजार ८५६ पुगेको छ । संक्रिमतमध्ये ४४ हजार ९०३ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये साढे ४ हजार ६२८ अवस्था भने गम्भीर रहेको छ ।
यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५७ हजार ७७० पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ५ हजार ९७६ पुगेको छ । अहिले जर्मनीमा ३९ हजार ७९४ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख १२ भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा २० हजार ७३२ जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ५२ हजार ८४० पुगेकाे छ । बेलायतमा पूर्णरूपमा निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ३१ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।
यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख १० हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ८०५ सय जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २९ हजार १४० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७८ हजार १८५ जनामा काेराेना सक्रिय रहेकाे छ ।
इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ७१० पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ९० हजार ४८१ संक्रमित भएका छन् । संक्रमितमध्ये ६९ हजार ६५७ बढी निकाे भएका छन् ।
यता , भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८ सय नाघेको छ भने ८ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा १३ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भने २ सय ८१ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाको उद्गम स्थल चीन भने अहिले ७२३ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ४७४ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८३० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु