कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो
काठमाडौं, १७ वैशाख । कोरोना भाइरसका कारण विश्वभर दुई लाख १७ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ हने संक्रमित हुनेको संख्या ३१ लाख ३८ हजार नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ३५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
यता ,भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय ६० पुगेको छ भने १ हजार ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १२ पुगेको छ भने ३ सय १२ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी , स्पेनमा २ लाख ३२ हजार १ सय २८ जना संक्रमित हुँदा २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ भने इटालीमा संक्रमितको संख्या २ लाख १ हजार ५ सय ५ पुग्दा मृतकको संख्या २७ हजार ३ सय ५९ पुगेको छ ।
फ्रान्समा १ लाख ६५ हजार ९ सय ११ जना संक्रमित छन् भने २३ हजार ६ सय ६० जनाकोे मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ५९ हजार ९ सय १२ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ३ सय १४ पुगेको छ । बेलायतमा १ लाख ६१ हजार १ सय ४५ जना संक्रमित हुदा २१ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।