कोरोना भाइरसबाट २ लाख ३३ हजार बढीको मृत्यु
काठमाडौं , १९ बैशाख । कोरोना भाइरसबाट २ लाख ३३ हजार ८ सय १३ जनाको मृत्यु भएको छ भने ३३ लाख ३० हजार बढी संक्रमित भएका छन । १० लाख ३९ हजार ५५ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी अमेरिकामा १० लाख ९४ हजार बढी संक्रमित हुँदा ६३ हजार ८ सय बढीको मृत्यु भएको छ ।
स्पेनमा २४ हजार ५ सय ४३ जनाको मृत्यु र २ लाख ३९ हजार बढी संक्रमित छन् । इटालीमा कोरोनाका कारण २७ हजार ९ सय बढीको मृत्यु भएको छ भने २ लाख ५ हजार बढी संक्रमित भएका छन् ।
यस्तै बेलायतमा २६ हजार ७ सय बढीको मृत्यु र १ लाख ७१ हजार बढी संक्रमित छन् । उता फ्रान्समा १ लाख ६७ हजार बढी संक्रमित हुंदा २४ हजार ३ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ ।
जर्मनीमा कोरोनाका कारण ६ हजार ६ सय बढीको मृत्यु र १ लाख ६३ हजार संक्रमित छन् । इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।
यता चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढेको छैन । त्यहाँ ८२ हजार ८ सय बढी संक्रमित र ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाको असर बढ्दै गएको छ । त्यहां एकैदिन १८ सय नयाँ संक्रमित थपिएका छन् । कोरोना कारण भारतमा मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ र संक्रमितको संख्या ३४ हजार ८ सय ६२ पुगेको छ ।
यसैगरी पाकिस्तानमा १६ हजार ४ सय बढी कोरोना संक्रमित पुष्टि हुंदा ३ सय ६१ जनाको मृत्यु भएको छ ।