काेराेनावाट २ लाख ३९ हजारको मृत्यु, ३४ लाख २७८ संक्रमित
काठमाडाैं, २० वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आज बिहानसम्म काेराेना संक्रमितवाट ज्यान गुमाउनेकाे संख्या २ लाख ३९ हजार ५७० पुगेकाे छ भने संक्रमितको संख्या ३४ लाख २७८ पुगेकाे छ । सङ्क्रमितमध्ये १० लाख ८१ हजार १५६ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले विश्वभर २० लाख ७८ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५१ हजार ३५१ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ६५ हजार ७५३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ११ लाख ३१ हजार पुगेकाे छ । संक्रमितमध्ये एक लाख ६१ हजार ५६३ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ३ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ५८१ काे अवस्था गम्भीर रहेको छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २८ हजार २३६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ७ हजार ४२८ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ७८ हजार २४९ पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा एक लाख बढीमा काेराेना सक्रिय रहेकाे छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ३९ हजार ६३९ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २४ हजार ८२४ ले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ४२ हजार ४५० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७५ हजार ७१४ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये २ हजार ५ सयकाे अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स, बेलायत, टर्की, रूस, ब्राजिल र इरान पनि रहेका छन् । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २७ हजार ५१० पुगेकाे छ । संक्रमितकाे संख्या भने १ लाख ७७ हजार ४५४ पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ४९ हजार बढीमा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २४ हजार ५९४ पुगेको छ । संक्रिमतमध्ये ५० हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९२ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये ३ हजार ८७८ काे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६४ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ६ हजार ७३६ पुगेको छ । अहिले जर्मनीमा ३० हजार ४४१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख २६ हजार ९ सय भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख २२ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार २५८ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ५३ हजार ८०८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६५ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
यता रूसको अवस्था पनि उस्तै छ । अहिलेसम्म रूसमा एक लाख १४ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार १६९ पुगेकाे छ । संक्रमितमध्ये १३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
इरानमा टर्की र रूसमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ साढे ९५ हजार ६४६ संक्रमित भएका छन् । संक्रमितमध्ये ७६ हजार बढी निकाे भएका छन् ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ९२ हजार नाघेकाे छ भने काेराेनाका कारण ६ हजार ४१० जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ३८ हजार पूर्णरूपमा निकाे भएका छन्, ८ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीन भने अहिले ५५७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ६८५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८७५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।