कोरोनावाट २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु

२०७७ बैशाख २१ गते, आईतवार

काठमाडौंं , २१ बैशाख । कोरोना भाइरसका कारण हालसम्म २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ भने ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् । ११ लाख ८ हजार २३ जना उपचार पछि निको भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ५९ हजार बढी संक्रमित हुँदा ६७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४५ हजार बढी संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ ।
यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार हुंदा मृतकको संख्या २८ हजार ७ सय नाघेको छ । बेलायतमा १ लाख ८२ हजार बढी कोरोना संक्रमित र २८ हजारको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २४ हजार ७ सय नाघेको छ ।
यस्तै जर्मनीमा १ लाख ६४ हजार ९ सय संक्रमित र ६ हजार ८ सय बढीको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ४० हजार संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या १९ हजार बढी छ भने ४ सय ३७ जनाको मृत्यु भएको छ । (एजेन्सी)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु