रोनाल्डोको विमानले उडान अनुमति नपाएपछि…

काठमाडौं , २२ बैशाख । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई स्पेनको राजधानी म्याड्रिडमा उनको निजी विमानले छोड्न नसकेपछि इटलीको युभेन्टस नै फर्किएका छन् । युभेन्टसका सुपरस्टार रोनाल्डो सेल्फ क्वारेन्टाइनपछि टुरिनमा आफ्नो टिमका साथीहरुसंग भेटघाट गर्नका लागि उडेका हुन् । तर पोर्चुगलका टिभी च्यानलका अनुसार रोनाल्डोले ३० मिलियन युरो खर्च गरेको गल्फस्ट्रिम जि ६५० निजी जेट म्याड्रिडमा अवतरण भयो । स्पेनिस यात्रामा प्रतिबन्ध लगाएको कारण विमानले राजधानीबाट उडान लिन नसकेको जनाइएको छ ।
रोनाल्डोको योजना एटलान्टिक टापुमा जाने र त्यसपछि सीधै इटालीको यात्रा तय गर्ने थियो । इटालीको क्वारेन्टाइनमा थप दुई हप्ता बिताउनु पर्ने रोनाल्डोले इटाली सरकारले सेरी ए को मौसम पुनः सुरु गर्न हरियो बत्ती बाल्ने संकेत दिएपछि टोलीका साथीहरूसँग भेट गर्न उनी हतारिएका थिए ।
रिपोर्टका अनुसार, उनको विमानले तीन पटकसम्म उड्ने प्रयास गरेको थियो तर अवरुद्ध भएको कारण रोनाल्डोको साथीहरुसंग रमाइलो गर्ने सपना भने पूरा हुन सकेन । रोनाल्डोले तीव्र कसरत गरेर आफ्नो लकडाउनको समय विताएको फुटेज सामाजिक सञ्जालमा शेयर गरेका थिए । मार्च १० मा लकडाउनमा गएपछि इटालीको शीर्ष डिभिजनमा फुटबल पुनः सुरु गर्ने कुनै पनि मिति भने हालसम्म तय भएको छैन ।- एजेन्सी