कोरोनावाट २ , ५८ ,२७२ जनाको मृत्यु ३७ ,२५ ,७७५ जना सङ्क्रमित

काठमाडाैं, २४ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २७२ पुगेको छ भने संक्रमण हुनेको संख्या भने ३७ लाख २५ हजार ७७५ पुगेको छ । सङ्क्रमितमध्ये १२ लाख ४१ हजार ६८७ सय भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.८० गुणा बढी हाे । याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये ३३.२९ प्रतिशत निकाे भएका छन् भने ६.९२ प्रतिशतकाे मात्र मृत्यु भएकाे छ ।
पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ५ हजार ७७२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित थपिएका छन् । विश्वभर अहिले २२ लाख २६ हजार बढीमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४९ हजार २२८ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ७२ हजार २२७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १२ लाख ३७ हजार ६३३ पुगेकाे छ । संक्रमितमध्ये २ लाख पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ६४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार १७९ काे अवस्था गम्भीर रहेको छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २९ हजार ३१५ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १३ हजार कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ हजार २३१ पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ९८ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने १४ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ५० हजार ५६१ पुगेकाे छ ।
स्पेनमा कोरोनाका कारण २५ हजार ६१३ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ५४ हजार ७१८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७० हजार २३० जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये २ हजार २५४ सयकाे अवस्था भने गम्भीर रहेको छ ।
अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २९ हजार ४२७ पुगेकाे छ । संक्रमितकाे संख्या भने १ लाख ९४ हजार ९९० पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ६५ हजार २१९ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ५३१ पुगेको छ । संक्रिमतमध्ये ५३ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९२ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये ३ हजार ४३० काे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६७ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ६ हजार ९९३ पुगेको छ । अहिले जर्मनीमा २४ हजार ९१४ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख २५ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख २९ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ५२० जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ७३ हजार २८५ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५२ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १५ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा एक लाख ५५ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ४५१ पुगेकाे छ । संक्रमितमध्ये १९ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ३४ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तिमध्ये २ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख १४ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ७ हजार ९१२ पुगेकाे छ । संक्रमितमध्ये ४८ हजार २२१ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
इरानमा टर्की र रूसमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ३४० पुगेकाे छ । अहिलेसम्म त्यहाँ ९९ हजार ९७० संक्रमित भएका छन् । संक्रमितमध्ये ८० बढी निकाे भएका छन् ।
कोरोनाको उद्गम स्थल चीन भने अहिले ३९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ८३५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८१ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाभाइरस महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।
पछिल्लो २४ घण्टामा स्पेनमा १८५ र इटालीमा २३६ जनाको मृत्यु भएको छ । कुनै बेला यी २ देशमा एकैदिन एक हजारसम्मकाे मृत्यु हुने गरेकाे थियाे ।