ट्रम्पका सुरक्षा गार्डलाई कोरोना संक्रमण

काठमाडौं, २६ बैशाख । ह्वाइटहाउसका प्रवक्ताले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक जना सुरक्षागार्डलाई कोरोना संक्रमण भएको बताएका छन । प्रवक्ताका अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा कोरोना संक्रमण पुष्टी भएको छ । उनि बाहेक राट्रपति ट्रम्प, उपराष्ट्रपति माईक पेन्स लगायत अन्यमा कोरोना संक्रमण नदेखिएको ह्वाईट हाउसले जनाएको छ । – एजेन्सी