काेराेनाबाट २, ७६ ,१८१ जनाको मृत्यु !

काठमाडाैं, २७ वैशाख । वर्ल्डोमिटर्सका अनुसार काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या पनि २ लाख ७६ हजार १८१ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ४० लाख ११ हजार ५८७ पुगेकाे छ । विश्वभर अहिले काेराेना सङ्क्रमितमध्ये १३ लाख ८२ हजारभन्दा बढी मानिस भने उपचारपछि पूर्ण रूपमा निकाे भएकाे तथ्यांकले देखाएकाे छ । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै पाँच गुणा बढी हाे । कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ७८ हजार ६११ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १३ लाख २१ हजार नाघेकाे छ । त्यहाँ कुल संक्रमितमध्ये २ लाख २३ हजारभन्दा बढी मानिस पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख १९ हजारभन्दा बढीमा कोरोना सक्रिय रहेको छ, १६ हजार ९८७ काे अवस्था गम्भीर छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत रहेकाे छ । यसअघि इटाली थियाे । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३१ हजार २४१ पुगेकाे छ । त्यहाँ संक्रमितकाे संख्या भने २ लाख ११ हजार नाघेकाे छ । त्यहाँ कति निकाे भए भन्ने खुलाइएकाे छैन ।
त्यसपछि बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३० हजार २०१ पुगेकाे छ । त्यहाँ २ लाख १७ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन् । जसमध्ये ९९ हजारभन्दा बढी मानिस पूर्णरूपमा निको भइसकेका छन् ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ६० हजार नाघेकाे छ । त्यहाँ कोरोनाका कारण २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ६८ हजारभन्दा बढी मानिस पूर्णरूपमा निकाे भइसकेका छन् ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट बनेकाे छ- रूस । केही दिनयता त्यहाँ लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेका छन् । अहिलेसम्म रूसमा १ लाख ८७ हजारभन्दा बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ७२३ पुगेकाे छ ।
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे- फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७६ हजारभन्दा बढी पुगेकाे छ । त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार २३० पुगेको छ । संक्रिमतमध्ये ५५ हजार ७८२ जना बढी पूर्णरूपमा निको भइसकेका छन् ।
उता जर्मनीमा पनि कोरोना संक्रमितकाे संख्या १ लाख ७० हजार नाघेकाे छ । त्यहाँ मृत्यु हुनेको संख्या भने ७ हजार ५१० रहेको छ । त्यहाँ संक्रमितमध्ये १ लाख ४१ हजारभन्दा बढी मानिस पूर्णरुपमा निको भइसकेका छन् ।
पछिल्लाे ब्राजिलमा पनि काेराेनाकाे संक्रमण तीव्र रूपमा फैलिरहेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ४५ हजार नाघेकाे छ । ९ हजार ९९२ जनाकाे मृत्यु भइसकेकाे छ । संक्रमितमध्ये ५९ हजारभन्दा बढी मानिस पूर्णरूपमा निकाे भएका छन् ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ३५ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ६८९ जनाकाे मृत्यु भएकाे छ । यसैगरी इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ५४१ पुगेकाे छ भने १ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले २६० जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ९९३ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म काेराेनाका कारण ४ हजार ६३३ काे ज्यान गएकाे छ । पछिल्लाे समय त्यहाँ नयाँ मृत्युका घटना देखिएका छैनन् ।