काेराेनाबाट २ ,९२ , ४०३ मृत्यु संक्रमित हुनेकाे संख्या ४३ लाख ३७ हजार नाघ्याे

२०७७ बैशाख ३१ गते, बुधबार

काठमाडाैं, ३१ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ९२ हजार ४०३ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ४३ लाख ३७ हजार १४३ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १५ लाख २७ हजार उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै साढे पाँच गुणा बढी हाे । मंगलबार मात्रै काेराेनाका कारण विश्वभर ५ हजार २ सय ७२ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । आइतबार ३ हजार ५ सय र साेमबार काेराेना ३ हजार ४ सयकाे मात्रै मृत्यु भएकाे थियाे ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ८३ हजार ४२५ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ८ हजार १४३ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ९६ हजार ७४६ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख २८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ४७३ अवस्था गम्भीर रहेको छ । कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ६९ हजार ५२० पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २६ हजार ९२० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ८० हजार ४७० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६२ हजार १३० जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ५३४ काे अवस्था भने गम्भीर रहेको छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ ११ हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा २ लाख ३२ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ११६ पुगेकाे छ । संक्रमितमध्ये ४३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ८६ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३२ हजार ६९२ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख २६ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ९३ हजार ४२७ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
इटालीमा स्पेन र रूसमा भन्दा कम संक्रमित भए पनि मृत्यु हुनेकाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३० हजार ९११ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २१ हजार २१६ कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ९ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ८१ हजारमा काेराेना सक्रिय रहेकाे छ भने एक हजारकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७८ हजार २२५ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २६ हजार ९९१ पुगेको छ । संक्रिमतमध्ये ५७ हजार ७८५ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९२ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार ५४२ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ७७ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १२ हजार ४०४ पुगेकाे छ । संक्रमितमध्ये ७२ हजार ९७९ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७३ हजार १७१ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ७३८ पुगेको छ । अहिले जर्मनीमा १८ हजार २३३ मा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ४७ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४१ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ८९४ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ९८ हजार ८८९ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३८ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये एक हजारकाे अवस्था गम्भीर रहेकाे छ ।
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ७३३ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख १० हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ८८ हजार निकाे भएका छन् । अहिले त्यहाँ १५ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ११५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार १७१ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९१९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु