काेराेनावाट झन्डै ३ लाख जनाको मृत्यु

काठमाडाैं, १ जेठ । वर्ल्डोमिटर्सका अनुसार काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ९८ हजार ५९ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ४४ लाख २७ हजार ५४३ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १६ लाख ५७ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै साढे पाँच गुणा बढी हाे । काेराेना संक्रमणका कारण अमेरिकामा मात्रै ८५ हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे छ । याे समाचार तयार पार्दासम्म अमेरिकामा ८५ हजार १९७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ३० हजार ३४८ पुगेकाे छ । त्यहाँ एकै दिनमा १ हजार १७२ जनाकाे मृत्यु भएकाे छ भने २१ हजार ७१२ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितमध्ये ३ लाख १० हजारभन्दा मानिस पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको छ । जसमध्ये १६ हजार ३ सयभन्दा बढीकाे अवस्था गम्भीर रहेको छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ७१ हजार नाघेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार १०४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ८३ हजारभन्दा बढी पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६० हजार ७६४ जनामा कोरोना सक्रिय रहेको छ ।
काेराेना भाइरसको नयाँ हटस्पट बनेकाे छ, रूस । केही दिनयता रूसमा लगातार दिनहुँ १० हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् । बुधबार पनि रूसमा १० हजार २८ नयाँ संक्रमित फेला परेका छन् भने ९६ जनाकाे मृत्यु भएकाे छ । अहिलेसम्म रूसमा २ लाख ४२ हजारभन्दा बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार २१२ पुगेकाे छ । संक्रमितमध्ये ४८ हजारभन्दा बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ९२ हजारभन्दा बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
उता बेलायत भने काेराेनाबाट मृत्यु हुनेमा अमेरिकापछि विश्वकै दाेस्राे स्थानमा छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३३ हजार १८६ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख २९ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ९६ हजार ४२७ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
इटालीमा स्पेन र रूसमा भन्दा कम संक्रमित भए पनि मृत्यु हुनेकाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३१ हजार १०६ पुगेकाे छ । त्यहाँ २ लाख २२ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख १२ हजार ५५४ जना निको भइसकेका छन् ।
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७८ हजार नाघेकाे छ भने मृत्यु हुनेको संख्या २७ हजार ७४ पुगेको छ । संक्रिमतमध्ये ५८ हजार ६७३ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९२ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार ४२८ काे अवस्था भने गम्भीर रहेको छ ।
उता दक्षिण अमेरिकी राष्ट्र ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ८९ हजार नाघेकाे छ । बुधबार एकै दिनमा त्यहाँ ११ हजार ५५५ नयाँ संक्रमित थपिएका छन् भने ७५४ काे ज्यान गएकाे छ । यससँगै त्यहाँ काेराेनाका कारण मृत्यु हुेकाे संख्या १३ हजार १५८ पुगेकाे छ । संक्रमितमध्ये ७८ हजारभन्दा बढी निकाे भइसकेका छन् ।
जर्मनीमा पनि कोरोना संक्रमितको संख्या १ लाख ७४ हजार नाघेकाे छ । त्यहाँ मृत्यु हुनेको संख्या भने ७ हजार ८६१ मात्र छ । जमर्नीमा अन्य देशकाे तुलनामा मृत्युदर निकै कम छ । त्यहाँ संक्रमितमध्ये १ लाख ४८ हजार ७०० जना पूर्णरुपमा निको भइसकेका छन् । अहिले जर्मनीमा १७ हजार ५३७ मा मात्रै कोरोना सक्रिय रहेको छ ।