काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख नाघ्याे !

२०७७ जेष्ठ २ गते, शुक्रबार

काठमाडाैं, २ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ३ हजार ७० पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ४५ लाख २१ हजार १७७ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १७ लाख २ हजार ११३ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे पाँच गुणा बढी हाे ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ८९ हजार ९०१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ४५ हजार ८२८ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख १७ हजार ९८८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख ५१ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार २४० अवस्था गम्भीर रहेको छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ७२ हजार ८४६ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ३२१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ८६ हजार ४८० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५८ हजार ८४५ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ३७८ काे अवस्था भने गम्भीर रहेको छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा २ लाख ५२ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ३०५ पुगेकाे छ । संक्रमितमध्ये ५३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ९६ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३३ हजार ६१४ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ३३ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ९९ हजार बढीमा काेराेना कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
इटालीमा स्पेन र रूसमा भन्दा कम संक्रमित भए पनि मृत्यु हुनेकाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३१ हजार ३६८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २३ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख १५ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ७६ हजारमा काेराेना सक्रिय रहेकाे छ भने ८ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ लाख २९ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १३ हजार ९९३ पुगेकाे छ । संक्रमितमध्ये ७९ हजार ४७९ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७८ हजार ८७० पुगेकाे छ भने मृत्यु हुनेको संख्या २७ हजार ४२५ पुगेको छ । संक्रिमतमध्ये ५९ हजार ६०५ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९१ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार ५४२ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७४ हजार ९७५ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ९२८ पुगेको छ । अहिले जर्मनीमा १६ हजार ७४७ मा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५० हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४४ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजारकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख ४ हजार बढी भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३६ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये एक हजारकाे अवस्था गम्भीर रहेकाे छ ।
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ८५४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख १४ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ९० हजार निकाे भएका छन् । अहिले त्यहाँ १७ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले १०१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार १९५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९२९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु