अमेरिकामा कर्फ्यू तोडेर प्रदर्शन

२०७७ जेष्ठ २१ गते, बुधबार

काठमाडौँ , २१ जेठ । अमेरिकामा मिनेसोटाको मिनियापोलसमा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएपछि आज सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन भै रहेको छ । फ्लोइडको हत्याको विरोधमा अमेरिकाका मुख्य शहरमा प्रदर्शन जारी छ । प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि धेरै शहरमा कर्फ्यू लगाइएको छ । तर कर्फ्यू तोडेर प्रदर्शन जारी रहेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न शहरमा जारी दंगा नियन्त्रणका लागि सेना परिचालन गर्न सक्ने चेतावनि दिएका छन् । तोडफोड आगजनी र विभिन्न पसल तथा मार्टहरुमा चोरी र लुटपाट बढ्न थालेपछि राष्ट्रपति ट्रम्पले स्थिति नियन्त्रणका लागि कठोर कदम चाल्ने बताएका हुन् । राष्ट्रपति ट्रम्पले गभर्नरहरुको हिंसा नियन्त्रणमा पहल नगरेको भन्दै आलोचनासमेत गरेका छन् । गभर्नरहरुले भने राष्ट्रपति ट्रम्पको आरोपको खण्डन गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]