काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ लाख नाघ्याे !

काठमाडाैं, २५ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आजसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ४ लाख १ हजार ९६४ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ६९ लाख ७० हजार ६३० पुगेकाे छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० हजार ९९४ जना उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ८ गुणा बढी हाे ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख २६ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार १ सय ७७ जनाकाे मृत्यु भएकाे छ । शनिबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ९८ हजार १२५ थियाे भने संक्रमित हुनेकाे संख्या भने ६८ लाख ४३ हजार ९१५ थियाे ।