कोरोना संक्रमितको ७० लाख नाघ्यो !

२०७७ जेष्ठ २६ गते, सोमबार

काठमाडौं , २६ जेठ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार १२८ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा १९ लाख ४२ हजार ३६३ संक्रमित फेला परेका छन भने ब्राजिलमा ६ लाख ९१ हजार ७५८ संक्रमित फेला परेका छन् ।त्यस्तै रुसमा पनि संक्रमितको संख्या चार लाख ६७ हजार ७३ पुगेको छ ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख दुई हजार ८५२ पुगेको छ । अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १० हजार ५१४ पुगेको छ भने बेलायतमा कोरोना भाइरसको कारण ४० हजार ६२५ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि ३६ हजार ४५५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३१ लाख ४२ हजार ४४० संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]