कोरोनावाट ४,० ८७३७ जनाको मृत्यु !

काठमाडौं, २७ जेठ । कोरोना भाइरसका कारण विश्वभर चार लाख ८ हजार ७३७ जनाको मृत्यु भएको छ भने ७१ लाख ९९ हजार ५४६ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ३५ लाख ३६ हजार ६८६ जनाको उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा १ लाख १३ हजार ०५५ जनाको मृत्यु भएको छ भने २० लाख २६ हजा ४९३ जनामा संक्रमित फेला परेका छन् ।
पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिल, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ३० हजारको नजिक पुगेको छ । इटलीमा मृत्यू हुनेको संख्या ३३ हजार भन्दा बढि छ । ब्राजिलमा ३७ हजार ३१२, स्पेनमा २७ हजार १३६, फ्रान्समा २९ हजार २०९, बेलायतमा ४० हजार ५९७ जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ३७६२ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म १४ को मृत्यु भएको छ ।