कोरोनावाट ४ लाख २७ हजार बढीको मृत्यु !

काठमाण्डौं , ३१ जेठ । कोरोनावाट ४ लाख २७ हजार बढीको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या ७७ लाख नाघेको छ । यस्तै निको हुनेको संख्या ३९ लाख १९ हजार नाघेको छ । विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १६ हजार ८ सय १९ जना पुगेको छ । त्यहाँ संक्रमित २१ लाख १६ हजार नाघेको छ ।
यसैगरी ब्राजिलमा मृतकको संख्या ४१ हजार ९ सय १ जना पुगेको भने संक्रमित ८ लाख २९ हजार ९ सय २ पुगेको छ । रुसमा ५ लाख ११ हजार ४ सय २३ संक्रमित छन् भने ६ हजार ७ सय १५ जनाको मृत्यु भएको छ । भारतमा ३ लाख ९ हजार ६ सय ३ जना संक्रमित छन् भने ८ हजार ८ सय ९० जनाको मृत्यु भएको छ । बेलायतमा ४१ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ भने २ लाख ९२ हजार ९ सय ५० जना संक्रमित छन् । स्पेनमा कुल २ लाख ९० हजार २ सय ८९ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो केही दिन यता कुनै मृत्यु भएको छैन ।
यसैगरी, ईटालीमा ३४ हजार २ सय २३ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार ३ सय ५ जना जना संक्रमित छन् । पेरुमा २ लाख २० हजार ७ सय ४९ जना संक्रमित छन भने ६ हजार ३ सय ८ जनाको मृत्यु भएको छ । जर्मनीमा एक लाख ८७ हजार २ सय ५१ जना संक्रमित छन् भने ८ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ । ईरानमा १ लाख ८२ हजार ५ सय २५ जना संक्रमित भएका छन् भने भने ८ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।