कोरोनाबाट ४ लाख ७० हजार ६ सय जनाको मृत्यु !

२०७७ असार ८ गते, सोमबार

काठमाडौं, ८ असार । विश्वभर कोरोना भाइरसबाट ४ लाख ७० हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ९० लाख ४४ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २३ लाख ५६ हजार नाघेको छ । त्यहाँ १ लाख २२ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या १० लाख ८६ हजार नाघेको छ भने ५० हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ५ लाख ८४ हजार नाघेको छ भने ८ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
भारतमा संक्रमितको संख्या ४ लाख २६ हजार नाघेको छ भने १३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४२ हजार ६ सय, इटलीमा ३४ हजार ६ सय, स्पेनमा २८ हजार ३ सय र फ्रान्समा २९ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४७ लाख ९७ हजार नाघेको छ ।

प्रतिक्रियाहरु

[anycomment]