उत्तर कोरियाद्वारा दक्षिण कोरियाविरुद्ध ‘सैन्य आक्रमण’ को योजना तत्कालका लागि निलम्बन

काठमाडौँ , १० असार । उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियाविरुद्ध ‘सैन्य आक्रमण’ को योजना तत्कालका लागि निलम्बन गरेको छ । पछिल्ला केही हप्ता दुई कोरियाबिच तनाव उत्कर्षमा पुगेको छ । दक्षिण कोरियाले सीमा क्षेत्रबाट बेलुन प्रयोग गरेर उत्तर कोरियामा प्रोपोगाण्डा सामग्री पठाएपछि कोरियाली प्रायदिपको तनाव नयाँ उचाईमा पुगेको हो । तनाव बढ्दै जाँदा उत्तर कोरियाले सैन्य आक्रमणको योजना बनाएको बताइएको थियो । तर उत्तर कोरियाले तत्कालका लागि सो योजना पाखा लगाएको छ ।
उत्तरका सर्वोच्च नेता किम जोङ–उनसहितको बैठकले सैन्य आक्रमण गर्ने सम्बन्धी योजना तत्कालका लागि थाती राख्ने निर्णय गरेको हो । किमकी बहिनी किम यो–जोङले हप्ता दिनअघि आर्मीलाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको थियो ।-एजेन्सी