ट्रम्पद्वारा मास्कको प्रयोग बाध्यकारी बनाउन गरिएको आग्रह अस्वीकार

२०७७ श्रावण ३ गते, शनिबार


काठमाडौं , ३ साउन । फक्स न्यूजसँग अन्र्तवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गगरेका छन । ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका हुन् । मास्कको प्रयोग अमेरिकामा राजनीतिक विषय बनेको छ । ट्रम्पले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाए पनि सर्वसाधारण त्यसका लागि आग्रह गर्न भने अस्वीकार गरेको बताइएको छ । मास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट बच्ने सम्भावना बढी हुन्छ ।
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो भनाई आएको हो । डा.फाउचीले मास्क वा रुमालले मुख छोप्नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नु पर्ने बताएका थिए ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ लाख ७० हजार नाघेको छ भने एक लाख ४२ हजार बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा अहिलेसम्म एक करोड ४१ लाख ८९ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी मृत्यु हुनेको सख्या ५ लाख ९९ हजार ३ सय ४१ को मृत्यु भएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]