अन्तत : ट्रम्पद्वारा सबैलाई मास्क लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी दिनदिनै बढिरहेकोप्रति चिन्ता जनाउँदै सबैलाई मास्क लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।
ह्वाइट हाउसमा आयोजित नियमित कोरोना ब्रिफिङ गर्दै महामारी अझै भयावह हुने भएपनि त्यसपछि अवस्थामा सुधार आउने बताका छन् । तर ब्रिफिङका क्रममा उनी आँफैले भने मास्क लगाएका थिएनन् । यसअघि ट्रम्पले डब्ल्युएचओले बनाएको मापदण्ड मान्दै आएका थिएनन् । कोरोना भाइरसले अमेरिकामा भयावह स्थिती सृजना गरेको छ । अमेरिकामा ४० लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । १ लाख ४४ हजार ९५३ को मृत्यु भइसकेको छ । -एजेन्सी