कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख !

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा विश्वभर यसको संक्रमणबाट सात हजार एक सय १३ जनाको मृत्यु भएको छ । योसँगै विश्वर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ लाख २९ हजार दुई सय ९६ पुगेको छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ९३ जनाले कोरोना संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा एक हजार दुई सय ११ र भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार चार सय ७० जनामा संक्रम पुष्टि भएको छ । त्यसैगरी ब्राजिलमा ६५ हजार तीन सय ३९, भारतमा ४५ हजार पाँच सय ९९ जनामा संक्रमण देखिएको छ । दक्षिण अफ्रिकामा १३ हजार भन्दा धेरै, मेक्सिकोमा झण्डै सात हजार, रुस र अर्जेन्टिनामा पाँचपाँच हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या २९ हजार ८ सय ९० पुगेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका दुई सय भन्दा बढी मुलुकमा पुगिसकेको छ ।