टेक्ससमा सामुद्रिक आँधी !

काठमाडौं । अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा हाना नाम दिइएको एउटा समुद्री आँधी आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् । हिजो नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो । जसले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरमा प्रभाव जमाइरहेको छ । यो आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो समुद्री आँधी हो । प्रतिघण्टा १ सय ४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरहरूका छाना उडाएको छ ।
कोभिड १९ को सबैभन्दा उच्च चुनौती झेलिरहेको भागमा त्यसको प्रभाव बढिरहँदा यो चुनौती झन् जटिल बनेको छ । घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलने भन्दै मानिसहरूलाई सजग गराएको छ । -एजेन्सी