कोरोनावाट ७ ,६३,३८७को मृत्यु , दुई करोड तेह्र लाख बढी सङ्क्रमित

२०७७ श्रावण ३१ गते, शनिबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार आजसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका छन । डब्लुएचओका अनुसार आजसम्म विश्वभरी सात लाख ६३ हजार ३८७ कोरोनाको कारण मृत्यु भएको छ भने सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ ।
युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ५०१ को मृत्यु भएको छ । एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु