प्रधानमन्त्री सिन्जो आवेद्वारा राजीनाको घोषणा

२०७७ भाद्र १२ गते, शुक्रबार

काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिन लागेको जापानीज सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री आवेले पत्ररका सम्मेलन गरेर आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी गराउने तयारी गरेको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उपचारका लागि अस्पताल भर्ना भएको समारचारमा जनाइएको छ । आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकाले त्यसको असर सरकार सञ्चालनमा नपरोस् भनेर राजीनामा दिन लागेको उनले बताएका छन ।
यसअघि अस्पताल भर्ना भएलगत्तै आवेको स्वास्थ्य अवस्थाका बारेमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए । प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन । उहाँ सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उहाँले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए । सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बनेका छन । ६५ वर्षका प्रधानमन्त्री आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गरेका छन । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु