अमेरिकामा आन्दोलन चर्कियो !

२०७७ भाद्र १३ गते, शनिबार


काठमाडौं । अमेरिकामा गत आइतबार प्रहरीले २९ वर्षीय जेकब ब्लेकलाई उनका तीन बालबच्चाकै सामुन्ने गोली प्रहार गरेको थियो । उक्त घटना भएको तीन दिनपछि गोली चलाउने प्रहरी अधिकारीको पहिचान प्रहरी विभागले सार्वजनिक गरेको छ । प्रहरीको गोली लागि घाइते भएका ब्लेक अस्पतालमा उपचाररत छन् ।
यसैबीच , प्रहरीले २९ वर्षीय जेकब ब्लेकमाथि गोली चलाएपछि चर्किएको विरोध प्रदर्शनमा यसअघि मारिएका जर्ज फ्लोइडका आफन्तजनले पनि साथ दिएका छन । जर्ज फ्लोइडका बहिनी ब्रिदगेट फ्लोइडले प्रहरी ज्यादतीका कारण आफ्ना दाजुको ज्यान गएको भन्दै प्रहरी दमनविरुद्ध एकजुट हुन प्रदर्शनकारीहरुलाई सुझाव दिएकी छिन् । बिरोध प्रदर्शनकै क्रममा वासिंटनमा भेला भएका ब्रिदगेटले प्रदर्शकारीहरुलाई प्रदर्शन नरोक्न सुझाव दिएका छन् ।
मिल्वाकी र सिकागोको बीचमा रहेको करिब एक लाख जनसंख्या रहेको सानो शहर किनोशाको हिंसा नियन्त्रण गर्न अरु राज्यबाट पनि सैनिक थप गर्न छलफल भइरहेको छ । शहरमा कफ्र्यु आदेश जारी गरेपनि प्रदर्शनकारीहरुले त्यसको उल्लंघन गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु