बाइडेनमाथि ट्रम्प आक्रामक

काठमाडौं । आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको मत सर्वेक्षणहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बाइडेनभन्दा पछि देखाएपछि उनि आक्रामक बन्न थालेका छन । यसैक्रममा ट्रम्पले पुन : राष्ट्रपतिका डेमोक्र्याट उम्मेदवार जो बाइडनविरुद्ध आक्रोश पोखेका छन ।
हालै भएका भिडन्तहरुमा संलग्न आफ्ना समर्थकको बचाउ गर्दै ट्रम्पले विस्कनसिनमा गत हप्ता दुई जनाको गोली हानी हत्या गरेको अभियोग लागेका किशोर तथा भिडन्तमा सामेल आफ्ना समर्थकले आत्मरक्षाका लागि कदम चालेको तर्क गरेका छन । बाइडेनमाथि भने प्रदर्शनकारीलाई नियन्त्रित गर्न कदम नचालेको आरोप लगाउँदै उनले आन्दोलनकारीकै कारण तनाव उत्पन्न भएको बताएका छन ।
विस्कनसिनमा रंगभेद विरोधी प्रदर्शनकारी र ट्रम्पका समर्थकबीच झडप भएको थियो भने पोर्टल्याण्डमा पनि ब्ल्याक लाइभ्स म्याटर र ट्रम्प समर्थकबीच झडप भएको थियो । ट्रम्पले डेमोक्र्याटिक पार्टीका मेयर तथा गभर्नर रहेका शहरमा हिंसा भड्केको भन्दै बाइडेन र उनका समर्थकले हिंसा मच्चाएको आरोप लगाएका हुन् ।
आफ्ना समर्थकहरु त शान्त रहेको र प्रतिरक्षाका लागि मात्र कादम चालेको भन्दै उनले बचाउ गर्दै केनोशा, विस्कनसिनसहित क्षेत्रमा भएको गोलीकाण्ड तथा आक्रमणका घटनाको निन्दा समेत गर्न सकेका छन । -एजेन्सी