ट्रम्पले ‘लुजर्स र बुद्धु’ भनेर गाली गरेपछि !

२०७७ भाद्र २१ गते, आईतवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका बारे गरेको असभ्य टिप्पणीलाई लिएर आलोचित भएका छन् । यस्तो टिप्पणीबारे खुलासा गरेको भन्दै ट्रम्प द एट्लान्टिक म्यागजिनका पत्रकारमाथि पनि खनिएका छन् ।
ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘बुद्धु’ भनेको खबर सबैभन्दा पहिले द एट्लान्टिकका गोल्डबर्गले लेखेका थिए । त्यसपछि अन्य सञ्चारमाध्यमले पनि यो खबरको पुष्टि गरेका थिए । द एट्लान्टिकका अनुसार ट्रम्पले सन् २०१८ मा फ्रान्स भ्रमणमा रहेका बेला पेरिसको बाहिरी क्षेत्रमा रहेको अमेरिकी सेमेट्रीको यात्रा रद्द गरेका थिए । उनले सेमेट्री ‘हारेकाहरुले भरिएको’ भन्दै यात्रा रद्द गरेको म्यागेजिनको दाबी छ । पूर्व अमेरिकी सैनिकहरुको समूह र सैनिकका परिवार तथा आफन्तहरुले अहिले ट्रम्पको आलोचना गरिरहेका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने ट्रम्पको यात्रा खराब मौसमका कारण रद्द भएको बताएको थियो । ट्रम्पले यो खबर झुठो भएको दाबी गर्दै पत्रकारलाई निच भनेर गाली गलौज गरेको अमेरिकी सञ्चारमाध्यममा जनाइएको छ । उनले यो बेकार पत्रिकाको घृणित कार्य भएको आरोप लगाएका छन् । तलब भत्ता, सुविधा बढाएर मुलुकका यी नायक सेनाको आफुले जति कदर आजसम्म कसैले नगरेको पनि ट्रम्पले दाबी गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु