कोरोना संक्रमितको संख्या २ करोड ७९ लाख नाघ्यो !

२०७७ भाद्र २५ गते, बिहीबार

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७९ लाख नाघेको छ । संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख बढीको मृत्यु भइसकेको छ । यस्तै संक्रमितमध्ये २ करोड ८२ हजार कोरोना मुक्त भएका छन् ।
विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख रहेको छ । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ९५ हजार २३९ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ६५ लाख ४९ हजार ४७५ पुगेकाे छ । संक्रमितमध्ये ३८ लाख ४६ हजार ९५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २५ लाख ८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये ११ हजार बढीकाे अवस्था गम्भीर रहेको छ ।
त्यस्तै एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा भारत पर्छ । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ । अहिलेसम्म भारतमा ४४ लाख ६२ हजार बढी संक्रमित भएका छन् । पछिल्लाे २४ घण्टाम मात्रै भारतमा ९५ हजार ५२९ नयाँ संक्रमित फेला परेका छन् । काेराेनाका कारण ७५ हजार ९१ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ३४ लाख ६९ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९ लाख १८ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ४१ लाख ९९ हजार ३३२ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख २८ हजार ६५३ पुगेकाे छ । संक्रमितमध्ये ३४ लाख ५३ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६ लाख १७ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
यता, रूसमा अहिलेसम्म १० लाख ४१ हजार ७ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १८ हजार १३५ पुगेकाे छ । संक्रमितमध्ये ८ लाख ५६ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ६६ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]