ट्रम्प दम्पत्ति क्वारेन्टिनमा !

२०७७ आश्विन १६ गते, शुक्रबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन । आफ्ना नजिककी सहयोगीमा कोरोना पजेटिभ देखिएसंगै ट्रम्प दम्पत्ति क्वारेन्टिनमा बसेका हुन । ट्रम्पकी सहयोगी होप हिक्समा कोभिड पोजेटिभ भएपछि ट्रम्प दम्पत्ति क्वारेन्टिनमा बसेको ट्रम्पले ट्विटर मार्फत जानकारी गराउनुभएको बीबीसीले जनाएको हो । ट्रम्पले होपमा संक्रमण पुष्टि भएसंगै आफू र प्रथम महिलाले पनि कोभिडको परीक्षण गराइ नतिजा कुरिरहेको उल्लेख गर्नुभएको छ ।
पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो पुगेको बताइएको छ । हिक्स गत मंगलबार राष्ट्रपतिको प्लेनबाट विना मास्क उत्रिरहेको तस्बीर समेत सार्वजनिक भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]