कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ६० हजार नाघ्यो

२०७७ आश्विन २२ गते, बिहीबार

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६० हजार नाघेको छ भने कुल ३ करोड ६३ लाख संक्रमित मध्ये २ करोड ७४ लाख नीको भएका छन् । सबैभन्दा बढी मृतक र संक्रमितको संख्या अमेरिकामा छन् ।
त्यहाँ ७७ लाख संक्रमितमध्ये २ लाख १६ हजारको मृत्यु भइसकेको छ । भारतमा ६८ लाख संक्रमितमध्ये एक लाख ५ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५० लाख संक्रमितमध्ये एक लाख ४८ हजारको मृत्यु भएको छ । नेपालमा ९४ हजार संक्रमितमध्ये ५ सय ७८ को मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]