ट्रम्प पुर्ण रुपमा स्वस्थ

२०७७ आश्विन २३ गते, शुक्रबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कोरोनाको उपचार विधी सकिएको र पुर्ण रुपमा स्वस्थ रहेका कारण काममा चाँडैनै फर्कन सक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । कोरोना संक्रमण भएपछी १० दिनसम्म गरिएको उपचारमा उनको स्वास्थ्य स्थीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ । राष्ट्रपति ट्रम्पले भने आज पुन कोभिडको परिक्षण गरिने बताए । रिपाृेर्ट नेगेटिभ आएमा यसै साताको अन्तमा उनले चुनावी र्‍यालीको आयोजना गर्ने छन । उपचारकै क्रममा एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिदै ट्रम्पले फ्लोरिडा राज्यमा चुनावी सभा गर्ने जानकारी दिए ।
यसअघि उनले आफना प्रतिद्धन्द्धी जो बाइडनसंगको बहसमा सामेल नहुने प्रष्ट पारि सकेका छन । भर्चुअल बैठकमा आफनो समय बर्बाद नगर्ने भन्दै उनले बहस बहिस्कार गरेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]