अमेरिकी राष्ट्रपतिमा जो बाइडन विजयी

२०७७ कार्तिक २३ गते, आईतवार


काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी भएका छन । यो विजयसँगै उनि अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भए पनि मत गणनाको पछिल्लो रिपोर्टहरुमा उनि विजयी भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई हराउँदै उहाँले राष्ट्रपति भवन ह्वाइट हाउसको यात्रा सुनिश्चित गरेका हुन् । अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै बाइडनले जीत निकालेका हुन् ।
फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २९० इलोक्टोरल मत पुगिसकेको छ । जबकी ट्रम्पका पक्षमा २१४ मत मात्र रहेको छ । बाइडनको जीतको घोषणा भइरहँदा त्यही पराजय ब्यहोरेका वर्तमान राष्ट्रपति ट्रम्पले भने कानूनी संघर्षमा जाने बताएका छन । अघिल्लो निर्वाचनमा ट्रम्पले जित्नुभएको एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै बाइडन राष्ट्रपति कार्यालय ह्वाइट हाउसको यात्रा निश्चित गरेका हुन् । अमेरिकी निवौचन प्रणालीअनुसार राष्ट्रपतिमा निर्वाचित हुन ५३८ मध्ये २७० इलेक्टोरल मत आवश्यक पर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]