अस्पतालमा आगलागी : १० जनाको मृत्यु

२०७७ कार्तिक ३० गते, आईतवार

काठमाडौं । रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । आगलागीका कारण अरु सात जना गम्भीर घाइते भएका छन् । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको अस्पतालमा आगलागी भएको हो । बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको प्रहरीले जनाएको छ । विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमले बताएका छन् । आगलागीपछि अस्पतालमा कोरोना संक्रमितलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]