अमेरिकामा पुन: लकडाउन !

२०७७ मंसिर २२ गते, सोमबार


काठमाडों । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ । क्यालिफोर्निया राज्यका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिंदै लकडाउनको नियम पालना गर्न सबैमा अपील गरेका छन । यसअघि गत मार्चमा लकडाउन घोषणा गरिएको क्यालिफोर्नियामा लकडाउन खुकुलो हुने बितिकै कोरोना संक्रमितको संख्या बढेपछी राज्य सरकार लकडाउन गर्न बाध्य भएको हो ।
यसैगरी अमेरिकाकै सन्फ्रान्सिस्कोमा पनि आजबाट लागु हुने गरी २ साताका लागि लकडाउन घोषणा गरिएको छ । अमेरिकामा बिगत ३ दिनमा २ लाख ३० हजार कोरोना संक्रमित पुष्टी भएको छ एक सातामा दैनि २ हजार बढीको मृत्यु हुने गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]