बेलायत र युरोपियन युनियनद्वारा ब्रेक्जिट वार्तालाई पुन: निरन्तरता

२०७७ मंसिर २२ गते, सोमबार

काठमाडौं । बेलायत र युरोपियन युनियनले ब्रेक्जिट वार्तालाई पुन निरन्तरता दिएका छन् । डिसेम्बरको अन्त्यसम्ममा समस्या समाधानका लागि सहमति नभए विश्व व्यापार संगठनको सदस्य नबन्न बाध्यकारी सीमा नजिकिएका बेला दुवै पक्ष वार्तामा सहभागी भएका हुन् । बेलायतका वार्ताकार टोलीका मुख्य सदस्य लर्ड फ्रस्टले ब्रसेल्समा इयुका पदाधिकारीसँगको छलफल जारी रहेको बताएका छन । समुद्रमा माछा पार्न पाउने विषयमा केही सहमति हुन बाँकी रहेको बेलायती अधिकारीहरुले जनाएका छन् ।
आयरल्याण्डले बेलायत र युरोपियन युनियनबीच हुने सम्झौता सबैको हितमा रहेका बताएको छ । उक्त सम्झौता जति चाँडो भयो उत्तिनै सबैको हितमा हुने आयरल्याण्डको भनाइ छ । वार्तामा दुवै पक्षका अधिकारीहरुले एक अर्का देशमा निर्यात हुने सामग्री र तिनहरुमा लाग्ने करको विषयमा सहमतिको प्रयास गरेका छन् । उनीहरुले युरोपियन युनियनमा आवद्ध राष्ट्रहरुले बेलायतलाई सम्झौता गर्न दवाव दिइरहेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]