बोकोहरामद्वारा अपहरणमा परेका बालकमध्ये ३४४ जना मुक्त

२०७७ पुष ३ गते, शुक्रबार


काठमाडौं । उत्तरी नाइजेरियामा संघर्षरत बोकोहरामले एक साताअघि एक विद्यालयबाट अपहरण गरेका बालकहरु मुक्त भएका छन् । काट्सिना राज्यका प्रवक्ताले ३४४ जना बालकहरु अपहरणमुक्त भएको बताए । अझै केही विद्यार्थी अपहरणकारीको नियन्त्रणमै रहेको बताइएको छ । एक साताअधि नै बालकहरु अपहरण गरेपनि विद्रोहीले बिहीबार मात्र भिडियो सन्देश जारी गरेर उनीहरुको अवस्थाबारे जानकारी गराएको थियो । आफ्ना बालहरु अपहरणमा परेपछि स्थानीयले सरकारर्लाइ दवाव दिएका थिए । उनीहरुले आफ्ना बालकहरु सकुशल फिर्ता हुनुपर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।
यद्धपी अझै पनि विद्यार्थी अपहरणमा परेका र अपहरणमुक्त भए भन्ने सरकारी अधिकारीहरुसँग तथ्यांक नभएको बताइएको छ । अपहरणमुक्त भएका बालकहरुको स्वास्थ्य परीक्षण गरेर अभिभावकको जिम्मा लगाइएको छ । स्कुले विद्यार्थी अपहरणको घटनासँगै नाइजेरियामा सुरक्षा चिन्ता बढेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]