इजरायल र प्यालेस्टाइन वार्ता गर्न तयार

२०७७ पुष ६ गते, सोमबार


काठमाडौं । इजरायल र प्यालेस्टाइनका अधिकारीहरु दुवै देश बीचको जारी द्वन्द्व समाधान गर्न वार्ताका लागि तयार भएका छन् । लामो समयदेखि दुवै देशबीच जारी द्वन्द्व समाधानका लागि प्यालेस्टाइन, इजरायल र जोर्डनका विदेशमन्त्रीले छलफलसमतेत गरेका छन् ।
उनीहरुले मध्यपूर्वका राष्ट्रहरुको एकताको सन्देशले महत्व राख्ने भन्दै एक आपसमा विभिन्न साझेदारीका लागि वार्ता आवश्यक रहेको बताइएको छ । इजिप्टकालागि प्यालेस्टाइन राजदूत दीब अल लुहले प्यालेस्टाइन र अरबी मुलुकहरुको सम्बन्ध बलियो बनाउन वार्ता भएको बताए । उनले मध्यपूर्वमा भएको राजनीतिक परिवर्तनको फाइदा लिँदै आर्थिक र सामाजिक रुपान्तरणका लागि एकता आवश्यक रहेको बताए । प्यालेस्टाइन र इजरायलको सीमा विवाद समाधानका लागि पनि उक्त छलफल फलदायी हुने बताइएको छ । गत अक्टोबर २८ मा प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको तयारीका लागि परामर्ह थाल्न सुझाव दिनुभएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]