ट्रम्पद्वारा रक्षा खर्च विधेयक रोक

२०७७ पुष ९ गते, बिहीबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७ सय ४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयक रोकेका छन् । अमेरिकी कङ्ग्रेसले पारित गरेको विधयेक राष्ट्रपतिवाट बाहिरिने तयारीमा रहेका ट्रम्पले रोकेका हुन् । यसले गर्दा सरकारी कामकारवाहीसँगै राहतको काम प्रभावित हुने जोखिम बढेको छ । अफगानिस्तान तथा युरोपबाट अमेरिकी फौज फिर्ता लग्ने र सैनिक अखडाहरूबाट अमेरिकी गृहयुद्धकालीन सैनिक जनरलहरूको नाम हटाउने व्यवस्थाको ट्रम्पले विरोध गर्दै आएका छन् । सामाजिक सञ्जाललाई प्राप्त जवाफदेहितासम्बन्धी बचाउ गर्ने अधिकार पनि ट्रम्पले हटाउन खोजेका छन् । सांसदहरूले बहुमतले ती विषयलाई अनुमोदन गरेका थिए ।
कङ्ग्रेसले पारित गरेका विधेयकहरू कानुन बन्न राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । नीतिगत असहमति हुँदा विरल अवस्थामा राष्ट्रपतिले विधेयकलाई रोक्न आफ्नो विशेषाधिकार अर्थात भिटो प्रयोग गर्न पाउँछन् । यस्तो अवस्थामा सांसदहरूले राष्ट्रपतिको विशेषाधिकारलाई खारेज गरेर संसद्को दुवै सदनमा दुई तिहाइ बहुमत पुर्‍याएर विधेयकलाई कानुनी रूप दिनसक्ने व्यवस्था छ । नेशनल डिफेन्स अथोराइजेशन एक्ट ‘एनडिएए’ल लाई ट्रम्पले चीन र रुसका लागि उपहार भएको आरोप लगाएका छन् । स्वदेश फर्काउने अमेरिकी फौजको संख्या सीमित तुल्याउने विधेयकको व्यवस्थालाई उनले असंवैधानिक भनेका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भिटो लापरवाहीको पराकाष्ठा भएको बताएकी छिन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]