बाइडेनलाई राष्ट्रपति हुन नदिन अन्तिम कसरत

२०७७ पुष १९ गते, आईतवार

काठमाडौं । अमेरिकामा रिपब्लिकन सिनेटरहरुले डेमोक्र्याट नेता जो बाईडेनलाई राष्ट्रपति बन्नबाट रोक्न अन्तिम कसरत थालेका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । उनकै प्रमाणविहीन आरोपको पछि लागेर केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणिकरण नमान्ने बताएका हुन् ।
टेड क्रुजको नेतृत्वमा ११ सिनेटरहरुले चुनावमा धाँधली भएको आरोप सम्बन्धमा विशेष आयोग खडा नगरिएसम्म जो बाइडेनको जितलाई प्रमाणिकरण नगर्ने बताएका हुन् । उनीहरुले सदनबाट हुने प्रमाणीकरणका लागि १० दिन ढिलाइ गरिनु पर्ने बताएका छन् । जनवरी ६ मा सदनले बाइडेनको जितलाई प्रमाणीकरण गर्ने तालिका छ ।

प्रतिक्रियाहरु

[anycomment]