अमेरिकालाई रुसको चेतावनी

२०७७ माघ १२ गते, सोमबार


काठमाडौं । रुसले आफ्नो आन्तरिक मामिलामा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै आपत्ति जनाएको छ । विपक्षी नेता एलेक्सी नाभाल्नीका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले गरेको कारवाहीलाई लिएर अमेरिकाले अनावश्यक चासो देखाएको रुसको आरोप छ । उसले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी समेत दिएको छ । अमेरिका र रुसबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।
अमेरिकाले बारम्बार रुसमाथि युक्रेनी विद्रोहीको समर्थन गर्नुका साथै सिरियाली राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने र लिबियाको गृहयुद्धमा हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफलका लागि तयार रहेको बताएका छन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु