जापानमा हावाहुरी र हिमपात : सय उडान रद्द !

२०७७ माघ १७ गते, शनिबार


काठमाडौं । जापानमा अत्याधिक हावाहुरी र हिमपातका कारण शुक्रबार एकैदिन झण्डै एक सय उडान रद्द भएका छन् । माैसमा तीव्र खराबी देखिएपछि एकै दिन यति धेरै मात्रामा उडानहरु रद्द गर्नुपरेकाे त्यहाँ उड्डयन अधिकारीहरूले जनाएका छन् । समाचार एजेन्सीहरूकाे अनुसार जनापानमा विशेषतः उत्तरी भू-भागमा तीव्र हावाहुरीका साथै बाक्लाे हिमपात भएकाे थियाे । साेही कारण त्यहाँका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) ले मात्रै ४६ उडान र जापान एयरलाइन्स (जेएएल) ले ३४ उडान शुक्रबार रद्द गरेका थिए । अन्य गरी कुल ९८ वटा उडान रद्द भएको बताइएकाे छ । शुक्रबार जापानकाे होकाइदोमा प्रति सेकेण्ड ३० मिटरको गतिमा हावाहुरी चलेकाे बताइन्छ । रद्द भएका धेरै उडानहरू होकाइदो र उत्तरी होन्शुबाट हुने उडान नै रहेको अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु